काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । डा.रिजालले आफ्ना नजिकका प्रतिस्पर्धी डा.मंगल रावललाई २५६ मतले पराजित गरे । रिजालले ३१९६.मत पाउँदा डा. रावलले २९४० मत पाए । अध्यक्षका अर्काे प्रतिस्पर्धी डा.नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत पाए । उनका प्रतिस्पर्धी डा.कीर्तिपाल सुवेदीले २३०२ मत ल्याए । डा.अजय कुमार मिश्रले १४२१ प्राप्त गरे ।
महासचिवमा डा.विश्वराज दवाडी विजयी भएका छन् । उनले २७२२ मत पाए । उनका प्रतिस्पर्धी डा.कालुसिंह खत्रीले २४२३ मत पाउँदा डा.अमृत भुसालले १६४६ मत प्राप्त गरे ।
उपाध्यक्षमा हरुमा डा.रोशन खड्का(कोशी), डा.अमृत राजन मिश्र(मधेश), डा.सुवास भट्टराई(बागमती), डा.योगेशराज सिग्देल(गण्डकी), डा.नन्दा गुरुङ(लुम्बिनी), डा.रविन खड्का(कर्णाली) र डा.प्रमोद जोशी(सुदूर–पश्चिम) विजयी भएका छन् ।
चिवमा डा.हुलास अग्रवाल विजयी भएका छन् भने कोषध्यक्षमा डा.तेजुसिंह मल्ल विजयी भए ।
सदस्यहरूमा डा.अमित झा, डा.राकेश साह, डा.पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा.सुमित काफ्ले र डा.शेषराज घिमिरे विजयी भएका छन् ।


