काठमाडौैं । एट्लेटिको मड्रिडलाई हराउँदै आर्सनल युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
गएराति भएको दोस्रो लेगमा १ ० ले हराउँदै समग्रमा २–१ को जितका साथ ईंग्लिस क्लब आर्सनलले २० वर्षपछि पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो । पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो ।
लन्डनस्थित एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका बुकायो साकाले निर्णायक गोल गरे। खेलको ४४औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले प्रहार गरेको बल गोलकिपर जान ओब्लाकले बचाए पनि रिबाउन्डमा साकाले गोल गरे ।


