२०८३, असोज २६ गते

सोमबार, असोज २६ गते २०८३

सोमबार, असोज २६ गते २०८३

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

साझा पोष्ट
बिहीबार , वैशाख २४ २०८३
  • images
    images
    प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

    काठमाडौं । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा डा.मनोजकुमार शर्मालाई सिफारिस गरेको छ ।


    images

    प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले ३३ औं प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको हो ।

    परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ । समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको रुपमा नियुक्त गर्नेछन् ।

    तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि सर्वोच्च अदालत कायममुकायको भरमा चलिरहेको थियो । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले कामुको रुपमा न्यायालयको नेतृत्व गरिरहेकी थिइन् । न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना स्थायी न्यायाधीशको रोष्टर पठाएको थियो ।

    सोही रोष्टरबाट संवैधानिक परिषद्‌ले भावी प्रधानन्यायाधीश सिफारिस गरेको हो । न्याय परिषद्ले २६ फागुनमा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो । परिषदले त्यही सूचिबाट  चौथो नम्बरका शर्मालाई सिफारिस गरेको हो । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार