काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति कार्यक्रम पेश गर्दागर्दै संसद छोडेर हिंडेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रष्टिकरण दिएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्यमा समस्या आएकोले हिंडेको र पछि फेरि सहभागी भएको प्रष्टिकरण दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन: सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।



