२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

साझा पोष्ट
शनिबार, जेठ २ २०८३
  • images
    images
    प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने  प्रकाश खड्का पक्राउ

    काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।


    images

    खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

    खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ ।

    शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको विज्ञप्तिनै निकालेर जानकारी दिएको थियो । 

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार