२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कंगोमा इबोला भाइरसबाट ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

कंगोमा इबोला भाइरसबाट ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

साझा पोष्ट
आइतबार, जेठ ३ २०८३
  • images
    images
    कंगोमा इबोला भाइरसबाट ८० जनाको मृत्यु,  विश्वव्यापी  स्वास्थ्य संकटकाल घोषणा

    काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसका कारण अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शंकास्पद अवस्थामा छन्।


    images

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।

    कंगोका स्वास्थ्यमन्त्री समुएल(रोजर काम्बाका अनुसार, पहिलो इबोला संक्रमणका कारण सबैभन्दा पहिले अप्रिल २४ मा एक नर्सको मृत्यु भएको विश्वास गरिन्छ। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो स्ट्रेन’का आठ घटना पुष्टि भएको छ।

    यो संक्रमण हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोङवालु क्षेत्रमा फैलिएको छ। इबोला पहिलोपटक सन् १९७६ मा कंगोमा पत्ता लागेको थियो। यो देशमा इबोला संक्रमण फैलिएको यो १७औँ पटक हो।

    विज्ञहरूका अनुसार यसपटक इबोलाको बुन्डिबुग्यो स्ट्रेन पत्ता लागेको छ भने पहिले कंगोमा धेरैजसो संक्रमण जायर स्ट्रेनका थिए।

    यसले चिन्ता बढाएको छ, किनभने इबोलाविरुद्ध हाल रहेका उपचार र खोप जायर स्ट्रेनलाई ध्यानमा राखेर विकास गरिएको थिए। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार