२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्छौंः इन्दु बर्मा

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्छौंः इन्दु बर्मा

साझा पोष्ट
सोमबार, जेठ ४ २०८३
  • images
    images
    प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्छौंः इन्दु बर्मा

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसिसी महिला टी ट्वान्टी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एशियन गेम्समा छनोट हुने आशा व्यक्त गरेकी छन् । 


    images


    मलेसियामा आगामी जुन १ देखि १३ तारिखसम्म महिला टी ट्वान्टी प्रिमियर कप आयोजना हुँदै छ । जापानमा आयोजना हुने एसियन गेम्सको छनोट चरणसम्म रहेको प्रिमियर कपमा नेपालसहित कुल १८ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । नेपाली टोलीकी कप्तान इन्दुले यसपल्ट राम्रो तयारी भएकाले छनोट हुने आशा व्यक्त गरिन् । उनले यसबीच दुई वटा अभ्यास खेल पनि खेलेको उल्लेख गर्दै त्यसमा कमिकमजोरी सुधार गरिएको बताइन् ।

    अहिले टोली सन्तुलित बनेकाले राम्रो नतिजा लिएर आउनेमा आशावादी रहेको उनी बताउँछिन् । ओपनिङ र मिडल अर्डर या बलिङमा पाएको भूमिकामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी निभाउन सके राम्रो नतिजा आउने उनको विश्वास छ । 


    देशमा जसरी तयारी गरेको छ त्यही प्रदर्शन विदेशमा पनि गर्न आवश्यक रहेको कप्तान इन्दु बर्माको भनाइ छ । एसोसिएट राष्ट्र एसियन गेम्ससम्म पुग्न सके भविष्यमा यसले ठूलो मद्दत पुग्ने उनको भनाइ छ । कप्तान इन्दुले हरेक एउटा खेलमा ध्यान दिएर बिना दबाब खेल्ने बताइन् । प्रिमियर कपमा नेपाल समूह ‘डी’ छ । भुटान समूह ‘डी’ मा परेको छ, जहाँ नेपाल, हङकङ चीन र कतार पनि रहेका छन् । समूह चरणका सबै खेल केटीजे ओभलमा सञ्चालन हुनेछन् ।


    यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा उपाध्यक्ष सिंहले लगानी राम्रो भइरहेको अवस्थामा नेपाली महिला टोलीबाट धेरै आशा गरेको बताइन् । उनले टोलीमा राम्रो एकता भएर खेल्न आग्रह गरेका छन् ।

    क्यानका उपाध्यक्ष सिंहले खेल नभएको अवस्थामा पनि नेपाली खेलाडीले सदैव आफूलाई तयारी गरिरहन आवश्यक रहेको औंल्याए । उनले नेपाली टोलीमा राम्रो खेलाडी रहेकाले नतिजा राम्रो आउनेमा आफू आशावादी रहेको धारणा राखे । 

    थाइल्यान्डको महिला टोलीलाई राम्रो स्थानसम्म पु¥याएको प्रशिक्षक साथ हुँदा पनि नतिजा आउन नसकेको उनको भनाइ छ । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले रवान्डामा भएको प्रतियोगितामा फरक वातावरण रहेकाले राम्रो नतिजा आउन नसकेको बताए । तर पनि महिला खेलाडीको प्रदर्शनबाट आपूm खुसी रहेको उनी बताउँछन् । 


    प्रिमियर कप क्रिकेट प्रतियोगितामा भुटानले नेपालसँग प्रतिष्पर्धा गर्ने भएको छ । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) को तत्वावधानमा हुने प्रतियोगितामा एशियाका उदयीमान महिला क्रिकेट राष्ट्रहरूको सहभागिता रहनेछ । भुटानले जुन ३ मा हङकङ चीनविरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि जुन ४ मा नेपालसँग तथा जुन ६ मा कतारसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार