२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अनलाइन जुवाबाट पौने ३ करोड कारोबार गर्ने पक्राउ

अनलाइन जुवाबाट पौने ३ करोड कारोबार गर्ने पक्राउ

साझा पोष्ट
आइतबार, साउन २४ २०८३
  • images
    images
    अनलाइन जुवाबाट पौने ३ करोड कारोबार गर्ने पक्राउ

    काठमाडौं,साउन २४ । काठमाडौं । मोबाइल क्यास एप्लिकेसनबाट सट्टेबाजी गराउने प्रेम थापालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।


    images

    शुक्रबार बेलुकी ५:३० बजे भद्रकालीमा शंकास्पद अवस्थामा प्रहरीले देखेपछि बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने वर्ष ४१ वर्षीय थापालाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको थियो । उनीबाट ४ थान मोबाइल र एउटा ल्यापटपसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले चेकजाँच गर्दा 1xbet, 1XBET PARTNERS र MobCash Application बाट सट्टेबाजी गरी गराई हालसम्म २ करोड ७३ लाख ४३ हजार १७२ रूपैयाँभन्दा बढीको कारोबार गरेको फेला परेको छ ।

    थापालाई सट्टेबाजी गर्न गराउन नहुने सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार