२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

तीब्र शहरीकरणका चुनौतीबारे छलफल गर्न बाकुमा ‘विश्व सहरी मञ्च’ शुरु

तीब्र शहरीकरणका चुनौतीबारे छलफल गर्न बाकुमा ‘विश्व सहरी मञ्च’ शुरु

साझा पोष्ट
सोमबार, जेठ ४ २०८३
  • images
    images
    तीब्र शहरीकरणका चुनौतीबारे छलफल गर्न बाकुमा ‘विश्व सहरी मञ्च’ शुरु

    काठामाडौं । तिब्र शहरीकरणका चुनौती र दिगो शहरी विकासका विविध पक्षमा छलफल गर्न आईतवारदेखि अजरबैजानको बाकुमा ‘विश्व शहरी मञ्च’ (डब्लुयूएफ १३) को १३ औँ सत्र शुरु भएको छ ।


    images

    यस कार्यक्रममा विश्वभरका नेता, नीति निर्माता र शहरी विकास विज्ञहरूको सहभागिता रहेको छ । मे २२ सम्म चल्ने यस मञ्चमा किफायती तथा उत्थानशील आवास, जलवायु अनुकूलन, पूर्वाधार विकास र समावेशी सहरी वृद्धि जस्ता विषयमा केन्द्रित रहेर छलफल हुनेछ । मञ्चले सहभागी राष्ट्रहरूलाई शहरी विकासका अनुभव र नवीन समाधानहरू आदानप्रदान गर्ने साझा थलो उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) र अजरबैजान सरकारको संयुक्त आयोजनामा सञ्चालित यस वर्षको संस्करणमा पहिलोपटक ‘लिडर समिट’ (शिर्ष नेतृत्व बैठक) को समेत शुरुवात गरिएको छ । अजरबैजान सरकारको पहलमा आयोजना गरिएको यस शिखर बैठकमा विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र उच्च अधिकारीहरूले शहरहरूको भविष्यका लागि रणनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरणका विषयमा संवाद गर्नेछन् ।

    डब्लुयूएफ १३ का राष्ट्रिय संयोजक अनर गुलियेभले आवास र शहरी विकासका मुद्दाहरू अब प्राविधिक विषयमा मात्र सि मित नरही उच्च स्तरीय नेतृत्व आवश्यक पर्ने विश्वव्यापी रणनीतिक महत्त्वको विषय बनेको उल्लेख गर्नुभयो । मञ्चको उद्घाटनका अवसरमा अजरबैजानको अध्यक्षतामा ‘नयाँ सहरी एजेण्डा’ (न्यू अर्बन एजेन्डा) सम्बन्धी मन्त्रीस्तरीय बैठक समेत सम्पन्न भएको छ ।

    उक्त एजेन्डा कार्यान्वयनको २० वर्षे अवधिको मध्यविन्दुमा आयोजित सो बैठकले हालसम्मको प्रगतिको समीक्षा गर्दै आगामी चरणका चुनौती र प्राथमिकताका बारेमा छलफल गरेको थियो । दिगो शहरीकरणका विषयमा उच्चस्तरीय संवाद गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घद्वारा सन् २००१ मा स्थापित यस मञ्चको पहिलो सत्र सन् २००२ मा केन्याको नैरोबीमा आयोजना गरिएको थियो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार