२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझावः यही बैठकबाट स-सम्मान विदा लिनुस्

ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझावः यही बैठकबाट स-सम्मान विदा लिनुस्

साझा पोष्ट
शनिबार, जेठ ९ २०८३
  • images
    images
    ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझावः यही बैठकबाट स-सम्मान  विदा लिनुस्

    काठमाडौं । नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकबाटै राजीनामा दिने शाक्यले ओलीलाई सुझाव दिएकी छन् ।  सचिावलय बैठकमा  अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेलामा शाक्यले पनि उनीहरुलाई साथ दिएकी हुन् । 


    images


    पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले सामाजिक सञ्जालमार्फत शास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको पनि टिप्पणी गरेकी छन् । 

    ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईँ नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भएको छ ।यति बेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ।  उनले भनेकी छन्, निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ ।’

     पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ घमन्ड र गुटगत सोच उस्तै रहेको शाक्यको बुझाई छ । 

    उनले थप भनेकी छन ‘बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईँ को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईँको सोच गलत छ। अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’

    उनले अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् ।  उनले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु सुझाव दिइन्।

    'आजको समयको माग विचार ,सामूहिकता ' सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो । अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट विदा लिनु राम्रो हुन्छ। ' उनले लेखेकी छन,  नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन .सकिन्छ ।व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थी भावना राखेर कामगर्ने बेला हो ।आजको समयको माग पनि यही हो।‘

    यसअघि ईश्वर पोखरलले पनि पार्टी पूनर्गठन नरोक्न ओलीलाई भनेका थिए ।  तर ओली मान्ने पक्षमा देखिएका छैनन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार