काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न अस्वीकार गरेका छन् । विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग गरेपनि सभामुखले अस्वीकार गरेका हुन् ।
'मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ ।'सभामुख अर्यालले रुलिङ गर्न इन्कार गर्दै भने,'प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।'
विपक्षी दलहरूको यस्तो इच्छा नेचुरुल (प्राकृतिक) प्रक्रिया भएको भन्दै उनले प्रधानमन्त्री उपस्थित हुने विषय पनि नेचुरल नै रहेको बताए । तर, विपक्षीले मानेनन् । त्यसपछि सभामुखले विपक्षीको अवरोधका बीच सभालाई अगाडि बढाए ।
सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।विरोधका बीच विधेयकमाथिको छलफल अगाडि बढ्यो । विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन् ।


