काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डिपी अर्याल समक्ष कि प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा बोलाउन कि आफूलाई संसदबाट निकाल्न माग गरेका छन् ।
बैठकको सुरूमै पर्चा देखाउँदै उठेर साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे । प्रधानमन्त्रीलाई ल्याउन नसके ३१ को १ लागू गरेर आफूलाई निष्कासन गर्न उनले माग गरे ।
साम्पाङले भने, 'धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएका छौँ । सभामुखले रुलिङ गर्न सक्नुभएन, नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर ल्याउन नसके ३१ को १ लागू प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्नुपर्यो । म आज रिसाउँदिन, कराउँदिन यहाँको मजबुरी बुझेको छु । कि प्रधानमन्त्रीलाई बोलाउनु पर्यो कि मलाई निस्केर जा भन्नुपर्यो ।'


