२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालामा फ्लडलाइट राखिने

तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालामा फ्लडलाइट राखिने

साझा पोष्ट
शुक्रबार, जेठ १५ २०८३
  • images
    images
    तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालामा फ्लडलाइट राखिने

    काठमाडौं। सरकारले तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गर्ने भएको छ।


    images

    प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गर्ने पनि सरकारको तयारी छ।  आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।

    खेलकुद क्षेत्रमा के के छन् ? : 

    -तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गरिने

    -प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गरिने

    -विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज स्टेडियम आगामी ३ वर्षभित्र निर्माण गरिने

    -मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने

    -खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभुत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने

    -अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजिवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने

    -सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न मधेश प्रदेशमा प्रस्तावित ११ औं खेलकुद प्रतियोगिताका लागि रकम छुट्टाइएको

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार