२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्थानीय निर्वाचनमा जनमत बढाउने मनोविज्ञानका आधारमा बजेट आयाे: पूर्वअर्थमन्त्री पुन

स्थानीय निर्वाचनमा जनमत बढाउने मनोविज्ञानका आधारमा बजेट आयाे: पूर्वअर्थमन्त्री पुन

साझा पोष्ट
शुक्रबार, जेठ १५ २०८३
  • images
    images
    स्थानीय निर्वाचनमा जनमत बढाउने मनोविज्ञानका आधारमा बजेट आयाे: पूर्वअर्थमन्त्री पुन

    काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अस्वाभाविक रूपमा बजेटको आकार बढाएको टिप्पणी गरेका छन् । 
    सिंहरदबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले आगामी आर्थिक वर्षको बजेट सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै वाचाविपरित आएको समेत टिप्पणी गरे । उनले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलले जनमत प्रभावित गर्ने उद्देश्यले बजेटमार्फत वितरणमुखी कार्यक्रम अघि सारेको आरोप पनि लगाए  । 


    images


    पुराना दलविरुद्धको जनमत सधैं कायम नहुन सक्ने मनोविज्ञानका आधारमा वितरणमुखी बजेट ल्याइएको उनको आरोप छ । उनले मुलुकको दुई तिहाइ जनसंख्या निर्भर रहेको कृषि क्षेत्र सुधारका लागि उल्लेख्य कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाए । साथै युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको दलले बजेटमा त्यसअनुसारका कार्यक्रम समावेश गर्न नसकेको उनको आरोप छ ।

    ‘बजेट अस्वभाविक रुपमा बढाएर ल्याइएको छ । यो वितरणमुखी देखियो । स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा सरकार र सत्तारुढ दलको मनोविज्ञान संधै पुराना दलविरुद्धको जनमत नहुनसक्छ । हामीले काम गर्नुपर्छ भनेर बजेट वितरण गरेको खण्डमा स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।  पुनले भने, अर्को कुरा मुलुकको दुई तिहाई जनसंख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारको लागि उल्लेख्य कार्यक्रम आएन । युवाहरुलाई रोजगारी सिर्जनाको कुरा गरेर सत्तामा आएको पार्टीले कार्यक्रममा भने केही पनि ल्याउन सकेन । अहिले ऋण लिएर घिउ खानेजस्तो आएको छ । बजेट रास्वपाको वाचाविपरित छ ।’


    उनले अगामी आर्थिक वर्षको बजेट सरकारको घोषणाविपरित रहेको टिप्पणी गरे ।–न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार