काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटमा चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ छुट्याइएको छ । साथै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मन्त्रालयगत बजेट हेर्दा यस पटक सबैभन्दा बढी बजेट पूर्वाधार विकास मन्त्रालयले पाएको छ भने सबैभन्दा कम बजेट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि छुट्याइएको छ ।
कुन मन्त्रालयलाई कति ?
पूर्वाधार विकास मन्त्रालय- ३ खर्ब २ अर्ब ८३ करोड
शिक्षा तथा खेलकुद मन्त्रालय- २ खर्ब १८ अर्ब ३० करोड
महिला बालबालिका मन्त्रालय- १ खर्ब २२ अर्ब ६१ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय- १ खर्ब १४ अर्ब २ करोड
गृह मन्त्रालय- १ खर्ब ८ अर्ब ३२ करोड
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय- ९६ अर्ब ४३ करोड
अर्थ मन्त्रालय- ८४ अर्ब ७३ करोड
कृषि, वन तथा वातावरण मन्त्रालय- ७३ अर्ब १२ करोड
रक्षा मन्त्रालय- ६४ अर्ब ९६ करोड
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय- १४ अर्ब ९४ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय- १० अर्ब ५३ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय- ९ अर्ब ३४ करोड
परराष्ट्र मन्त्रालय- ८ अर्ब ७३ करोड
सूचना तथा सञ्चार मन्त्रालय- ५ अर्ब ९३ करोड
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय ४ अर्ब
युवा, श्रम तथा रोजगार मन्त्रालय- ३ अर्ब ६२ करोड
कानुन, न्याय तथा संसदीय मन्त्रालय- ५८ करोड


