काठमाडौं । नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का हानेका छन् ।
भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो र विश्वकै छैटौं खेलाडी हुन् ।
यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले ६ छक्का हानेका थिए ।
यसअघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औं ओभरमा ६ छक्का प्रहार गरेका थिए ।


