२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

राप्रपाबाट अलग भए धवलशमशेर, नयाँ अभियान चलाउने घोषणा

राप्रपाबाट अलग भए धवलशमशेर, नयाँ अभियान चलाउने घोषणा

साझा पोष्ट
आइतबार, जेठ १७ २०८३
  • images
    images
    राप्रपाबाट अलग भए धवलशमशेर, नयाँ अभियान चलाउने घोषणा

    काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै राणाले यस्तो घोषणा गरेका हुन् । जहाँ उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख गरेका छैनन् ।


    images

    उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

    साथै, यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् । ‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाले भनेका छन्, ‘राप्रपामा आवद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु ।’

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार