२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

साझा पोष्ट
सोमबार, जेठ १८ २०८३
  • images
    images
    रास्वपा सभापति रवि लामिछाने आज  भारत भ्रमणमा जाँदै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।


    images

    उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । रास्वपा सभापति आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।

    भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग इन्चार्ज विजय चौथाइवालाले पनि प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमण हुन लागेको बताएका छन् । उनले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनसहित वरिष्ठ नेताहरुसँग नयाँ दिल्लीमा भेटको तालिका रहेको बताएका छन् ।

    लामिछानेको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन् ।

    रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

    लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग पनि अन्तर्क्रिया गर्ने तालिका छ । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जानेछन । लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार