काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोध गर्दै सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रधानमन्त्री शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।


