२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्रीको अभिव्यक्ति मुलुकलाई कमजोर पार्ने र निन्दनीय : गगन थापा

प्रधानमन्त्रीको अभिव्यक्ति मुलुकलाई कमजोर पार्ने र निन्दनीय : गगन थापा

साझा पोष्ट
सोमबार, जेठ १८ २०८३
  • images
    images
    प्रधानमन्त्रीको अभिव्यक्ति मुलुकलाई कमजोर पार्ने र निन्दनीय : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतबार प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले पनि मिचेको’ भनेकोमा कडा आपत्ति जनाएका छन्  । थापाले प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गरेका छन् । सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति जनाएका हुन् ।


    images

    ‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता,  नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा  सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ । घोर आपत्तिजनक छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ । हामीले यो कुरा प्रस्ट भनेका छौं ।’

    सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए । ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने ।

    छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनको विश्लेषण छ । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार