काठमाडौं । नेपालका तीन क्रिकेटर श्रीलंकामा हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा अनुबन्ध भएका छन् ।
सोमबार भएको ड्राफ्टमा चार पटकको च्याम्पियनसिप जाफ्ना किंग्सले विदेशी खेलाडीको सूचीबाट सन्दीप लामिछानेनलाई छनोट गरेको हो । सन्दीपलाई जाफ्नाले २० हजार डलरमा अनुबन्ध गरेको छ ।
यस्तै नेपालकै अन्य दुई खेलाडी दीपेन्द्र सिंह ऐरीलाई पनि जाफ्नाले अनुबन्ध गरेको छ । ओपनर कुशल भुर्तेललाई कोलोम्बो काप्सले एसोसिएट कोटामा अनुबन्ध गरेको छ । दुवैजना १५ हजार अमेरिकी डलरमा बिकेका छन् ।
कुशल पहिलो पटक कुनै पनि विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । एलपीएल २०२६ जुलाई १७ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ । लिगमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


