काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको हो।
योसँगै नेपाल १० वर्षपछि पहिलोपल्ट फाइनलमा पुग्न चुकेको छ। यसअघि नेपाल एक पटक सन् २०१६ को चौथो साफमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। आठौं संस्करणसम्म पुग्दा नेपाल ६ पटक फाइनल खेलेको छ ।
पहिले अग्रता लिएपनि जोगाउन नसक्दा नेपाल फेरि एकपटक सेमिफाईनलबाट बाहिरियो ।
गीता रनाले २२औं मिनेटमा गोल गर्दै नेपाललाई पहिले अग्रता दिलाएकी थिइन् । तर बंगलादेशले पहिलो हाफमै बराबरी गोल फर्कायो ।
रितु पवर्ना चक्माले पहिलो हाफको इन्जुरी टाइममा कर्नरबाट ओलम्पिको गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । खेल बराबरीतर्फ अघि अढिरहेको अवस्थामा बंगलादेशले दोस्रो हाफको इन्जुरी टाइममा विजयी गोल गर्यो ।
सामसुनाहरको क्रसमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् । नेपालले पछिल्लो पाँच वर्षमा बंगलादेशलाई हराउन सकेको छैन ।


