२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कुशलको शानदार शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

कुशलको शानदार शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

साझा पोष्ट
बिहीबार , जेठ २१ २०८३
  • images
    images
    कुशलको शानदार शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

    काठमाडौं। कुशल भुर्तेलको शानदार शतक मद्दतमा नेपालले  एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको विशाल लक्ष्य दिएको छ।


    images


    सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे। टी २० आईमा तेस्रो र जारी  प्रतियोगितामा उनको यो लगातार दोस्रो शतक हो । उनले चीनविरुद्ध पनि शतक हानेका थिए । 


    यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। उनले ७ छक्का र ५ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे। उनले ४ छक्का र १ चौका हिर्काए।

    बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए।

    नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन्।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार