२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँ'

'बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँ'

साझा पोष्ट
बिहीबार , जेठ २१ २०८३
  • images
    images
    'बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँ'

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष मोहन डाँगीले हालैको बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।


    images

    राजधानीमा आयोजित एक कार्यक्रममा डाँगीले सत्तारुढ रास्वपाले चुनावी वाचापत्र र सरकारको १०० बुँदे कार्यक्रममा उत्साहजनक भए पनि बजेटले ऊर्जा क्षेत्रसँगै निजी क्षेत्रका अपेक्षाहरू पूर्ण रूपमा सम्बोधन गर्न नसकेको बताए ।

    उनकाअनुसार सत्तारूढ दलको बाचापत्र र त्यसपछिको १०० बुँदे कार्यक्रमलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएर स्वागत गरेका थिए तर प्रतिवद्धताअनुसार बजेट आएन ।

    बजेटमा समावेश भएका कतिपय विषयहरु सकारात्मक रहेको उनको भनाइ छ । डाँगीकाअनुसार १० मेगावाटसम्मका आयोजनाको पीपीए खुला गर्ने व्यवस्था सकारात्मक भए पनि त्यसभन्दा माथिका आयोजनाको भविष्यबारे स्पष्टता छैन । ऊर्जा क्षेत्र ठूलो लगानी गर्ने तयारीमा देखिए पनि निजी क्षेत्रको योगदानलाई सरकारले पर्याप्त महत्व दिएको छैन ।

    हाल देशको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै डाँगीले उत्पादन भइरहेको करिव ४ हजार ३ सय मेगावाटमध्ये ३ हजार ५ सय मेगावाट निजी क्षेत्रबाट आएको स्मरण गराए । यस्तो योगदान हुँदाहुँदै पनि नीतिगत र बजेटीय व्यवस्थामा निजी क्षेत्रलाई प्राथमिकता नदिइएको उनको गुनासो थियो ।

    उपाध्यक्ष डाँगीले भने–‘जुन राज्य सञ्चालन गरिरहेको पार्टी हो । बाचा पत्र एकदमै उत्साहजनक थियो । हामीले त्यसलाई स्वागत गरेका थियौँ । वचापत्र पछि सरकार बन्यो र सय बुँदे पनि आयो । त्यसलाई पनि हामीले स्वागत गर्यौँ । अब विभिन्न कुरा राम्रो आउँदा आउँदै बजेटमा त्यति राम्रो आएको छैन । सबैले महसुस गरेका छौँ । १० मेगावाट सम्म पीपीए हुने १० मेगावाटदेखि माथिको के हुने रु त्यो स्पष्ट छैन । अस्ति जस्तै नेपाल सरकारले ८५ अर्ब छुट्याएर ९ हजार मेगावाटको आयोजना बनाउने भनेको छ तर निजी क्षेत्रलाई इग्नोर गरेको छ । ४३ सय मेगावाट उत्पादन मध्ये ३५ सय मेगावाट बनाउने निजी क्षेत्रलाई इग्नोर गरेको छ । यस्ता ठूलाठूला समस्याहरूमा हामीले भिड्नु छ ।’

    ऊर्जा क्षेत्रका संरचनागत र नीतिगत समस्याको समाधानका लागि निजी क्षेत्र एकजुट भएर सरकारसँग संवाद र पहल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार