२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न राष्ट्रिय जनमोर्चाको माग

साझा पोष्ट
शनिबार, जेठ २३ २०८३
  • images
    images
    प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न राष्ट्रिय जनमोर्चाको माग

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीसहित  सबै मन्त्रीको सम्पत्ति तत्काल छानबिन गर्न माग गरेको छ।


    images


    पार्टीका कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले विज्ञप्ति निकालेर सम्पत्ति छानबिन आयोगको दायराबाट प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई बाहिर राख्ने निर्णयप्रति आपत्ति जनाउँदै छानबिनको माग गरेका हुन् । 

    विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय सुशासनको मर्म विपरीत रहेको छ। तत्काल प्रधानमन्त्रीसहितका मन्त्रीहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्छ। पञ्चायत कालदेखि वर्तमान समयसम्म भएका सबै भ्रष्टाचारजन्य प्रकरणहरूको जाँच गर्न एक अधिकारसम्पन्न, निष्पक्ष र तटस्थ आयोग गठन गरिनुपर्छ।’

    प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण विवादमा तानिएको अवस्थामा पनि छानबिनको दायरामा नराख्ने मन्त्रिपरिषद्को निर्णय सरासर गलत भएको उल्लेख छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार