काठमाडौं । नेपाल एसियन गेम्स पुरूष छनोट क्रिकेटकाे फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।शानदार बलिङ गर्दै ओमानलाई ९४ रनमा रोकेको नेपालले ९५ रनको लक्ष्य ९ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि लोकेश बम र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । लोकेशले २६ बलमा आक्रामक ४४ रन बनाए । नटआउट रहेका उनले सात चौका र एक छक्का हाने ।
रोहित पौडेलले २० बलमा नटआउट २१ रन जोडे । ओपनर कुशल भुर्तेलले आज पनि आक्रामक ब्याट चलाउँदै ८ बलमा २० रन बनाए ।
यसअघि सिंगापुरमा टस हारेर ङको निम्तो पाएको ओमान नेपालको शानदार बलिङ सामु खुलेर खेल्न सकेन र १९.४ ओभरमा ९४ रन बनाएर अलआउट भयो । करण केसीले ४ ओभरमा १ मेडन सहित मात्र २० रन दिएर ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट झारे।


