काठमाडौं । भारतको नयाँ टी–२० कप्तानमा श्रेयस अय्यर नियुक्त भएका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले श्रेयसको कप्तानीमा टी–२० टिमको घोषणा गरेको हो ।
भारतलाई घरेलु मैदानमै भएको टी–२० विश्वकपको उपाधि जिताएका कप्तान सूर्यकुमार यादवलाई कप्तानबाट हटाएसँगै टिमबाटै बाहिर राखिएको छ । उपकप्तान तिलक वर्मालाई बनाइएको छ ।
झन्डै अढाइ वर्षपछि टी–२० टिममा पुनरागमन गर्दै श्रेयसले कप्तानकै जिम्मेवारी पाएका हुन् । श्रेयसले भारतका लागि आफ्नो पछिल्लो टी–२० खेल डिसेम्बर २०२३ मा अष्ट्रेलियाविरुद्ध बेङ्गलुरुमा खेलेका थिए ।
टिममा युवा क्रिकेटर वैभव सूर्यवंशीले मौका पाएका छन् । वैभव सूर्यवंशी भारतीय क्रिकेट टिममा छनोट हुने अहिलेसम्मकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
१५ वर्ष ७१ दिनका वैभवलाई जुन–जुलाईमा आयरल्यान्ड र इंग्ल्यान्डविरुद्ध हुने टी–२० शृंखला तथा सेप्टेम्बरमा आयोजना हुने एसियाली खेलकुद (एसियन गेम्स) का लागि भारतीय टिममा समावेश गरिएको छ ।
आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणका लागि भारतीय टी–२० टिम
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, सञ्जु सामसन, इशान किशन, शिवम दुबे, नितिश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, मोहम्मद सिराज, हर्षित राणा, अर्शदीप सिंह र प्रिन्स यादव ।
एसियाली खेलकुदका लागि भारतीय टी–२० टिम
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, सञ्जु सामसन, इशान किशन, शिवम दुबे, नितिश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, जस्प्रित बुमराह, हर्षित राणा र अर्शदीप सिंह ।


