२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीले क्षमा माग्नैपर्ने एमालेको अडान

सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीले क्षमा माग्नैपर्ने एमालेको अडान

साझा पोष्ट
सोमबार, जेठ २५ २०८३
  • images
    images
    सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीले क्षमा माग्नैपर्ने एमालेको अडान

    काठमाडौं ।  नेकपा एमालेले सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे क्षमा माग्नैपर्ने अडान राखेको छ । प्रतिनिधिसभाको बैठकमा एमालेले यो माग गरेको हो । 


    images

    सोमबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठेपछि सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएकोमा  अर्यालले यस्तो माग गरिन्  

    ‘कूटनीतिक मर्यादा र पदीय लजिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो,’ उपनेता अर्यालले भनिन्, ‘प्रधानमन्त्रीबाट भुल सुधार गरियोस् । क्षमा याचना गरियोस् ।’

    १७ जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

    त्यसक्रममा उनले ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ’ भनेका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार