काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् ।
उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो । उनीहरु विश्वकप फुटबल हेर्न मेक्सिको जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका थिए।
नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदले बाहिर जान नदिनु भन्ने पत्र लेखेकोले उनीहरुलाई रोकिएको हो ।
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको छ।


