२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल

नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल

साझा पोष्ट
बुधबार, जेठ २७ २०८३
  • images
    images
    नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल

    काठमाडौं । जित्नै पर्ने खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाली महिला क्रिकेट टिम एसिया कपमा छनौट हुन असफल भएको छ ।  निराशाजनक ब्याटिङ गर्दै  नेपाल एसिसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो ।


    images

    जितको लागि १ सय ३१ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७४ रनमा सीमित भयो । थाइल्यान्डसँग नेपालको यो नवौं हार हो। २०१९ यताका कुनै पनि खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेको छैन।


    खराब शुरुवात गरेको नेपालले साझेदारीनै गर्न सकेन । सीता रानामगर र रुबिनाले क्षत्रीले गरेको ३० रनको साझेदारीनै सर्वाधिक रह्यो । नेपालका लागि रुबिनाले सर्वाधिक २० रन जोडेर नटआउट रहिन् । सीताले पनि नटआउट १२ रन बनाईन् । सम्झना खड्काले १२, सोनी पाख्रिनले १५, कप्तान इन्दु वर्मा ७, कविता जोशीले ४, पूजा महतो २ र कविता कुँवर १ रनमा आउट भए । 
    बलिङमा थाइल्याण्डका थिपात्चा फुटवोङ, सुनिदा चतुरोङग्रात्ना र सुलिपोन लाओमीले समान २ विकेट लिए।

    त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित वायुमास ओभल स्टेडियममा टस जितेर थाइल्याण्डले पहिले ब्याटिङ रोज्यो। उसले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रनको योगफल बनाएको थियो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार