काठमाडौं । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेको विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई ३(० ले हराएको छ।
चोटको समस्याबाट फर्किएका कप्तान मेस्सी खेलको अन्तिम समयमा मैदान छिरेर गोल समेत गरे । खेलको आठौं मिनेटमै अर्जेन्टिनाले अग्रता लिएको थियो । आठौं मिनेटमा भालेन्टिन बार्कोले पेनाल्टी क्षेत्रभित्रको अवसर सदुपयोग गर्दै गोल गरे।
मेस्सीले ७२ औं मिनेटमा पेनाल्टीमा गोल गरे। यो उनको १ सय १७औं अन्तर्राष्ट्रिय गोल हो ।
त्यसपछि मेस्सीकै पासमा ८७ औं मिनेटमा बनेको अर्को अवसरमा रोड्रिगो डे पाउलले पास दिए र थियागो आल्माडाले गोल गर्दै अर्जेन्टिनाको जित ३-० ले पक्का गरे।
मेस्सी पछिल्लो खेलमा मांसपेशी थकानका कारण बाहिरिएका थिए। त्यसैले यस खेलमा उनलाई सुरुमा बेन्चमा राखिएको थियो।
अलाबामाको अउबर्नमा आज भएको खेलमा प्रशिक्षक लियोनेल स्कालोनीले केही मुख्य खेलाडीलाई आराम दिँदै नयाँ संयोजनको टोली उतारेका थिए। पहिलो हाफमा आइसल्यान्डका गोलरक्षक एलियास ओलाफ्सनले केही राम्रो बचाउ गरे।


