काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन्।
बुधबार उपाध्यक्ष र ४ जना पूर्व खेलाडीलाई परिषद्को बोर्डमा मनोनयन गरिएको हो । पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाही बोर्ड सदस्यमा मनोनित भएका छन्।
राखेप बोर्डका अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र सदस्य सचिव रामचरित्र मेहताले मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा नवनियुक्त पदाधिकारी र सदस्यहरु लाई बधाई तथा शुभकामना दिए ।
नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरू सहितको फोटो शिक्षा तथा खेलकुद मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो।
यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका पदाधिकारी र सदस्यलाई पदमुक्त गरेको थियो ।


