२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

फिफा विश्वकप आजदेखिः ४८ टिम प्रतिस्पर्धामा, १०४ खेल हुने

फिफा विश्वकप आजदेखिः ४८ टिम प्रतिस्पर्धामा, १०४ खेल हुने

उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

साझा पोष्ट
बिहीबार , जेठ २८ २०८३
  • images
    images
    फिफा विश्वकप आजदेखिः ४८ टिम प्रतिस्पर्धामा, १०४ खेल हुने

    काठमाडौं । फिफा विश्वकप फुटबल– २०२६ आज रातिदेखि सुरु हुँदैछ । फुटबल इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको विश्वकप फुटबल आज राति १२ः४५ बजे उद्घाटन हुनेछ ।


    images

    १९ जुलाईमा न्युयोर्कमा समापन हुने विश्वकप तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित शुरु हुँदैछ । पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियम, दोस्रो क्यानाडाको टोरन्टो र तेस्रो उद्घाटन अमेरिकाको लस एन्जलसमा हुनेछ । प्रतियोगिता १६ सहरका १६ मैदानमा आयोजना हुनेछ । 


    मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

    विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले खेल्दैछन। यसअघि ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । त्यस्तै, पछिल्ला संस्करणमा ६४ खेल हुँदै आएकोमा यसपटक फाइनलसहित १०४ खेल हुनेछन् ।


    विश्वकपमा ब्राजिल लगातार २३औँपटक खेल्दैछ । यस्तै उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । 

     पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्स उपाधि दाबेदार मानिएका छन् । उपाधिको विजेताले ५० मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ । 


    यस विश्वकपमा चारपटकको च्याम्पियन इटालीसँगै पोल्यान्ड, डेनमार्क, अफ्रिकी महारथी नाइजेरिया र क्यामरुनजस्ता चर्चित राष्ट्र भने छनोट हुन सकेका छैनन्  ।

    ४८ राष्ट्रमध्ये १० टिम अझै विश्वकपमा पहिलो जितको खोजीमा छन् । चार टिम विश्वकपमा डेब्यु गर्दै छन् भने ६ राष्ट्रले अहिलेसम्म जित निकाल्न सकेका छैनन् । चार देश उज्वेकिस्तान, केप भार्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यही चार टिमसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकपमा पहिलो जितको खोजीमा छन् ।

    यसपटकको विश्वकपमा ब्राजिलका नेयमार, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे, स्पेनका लामिन यमललगायत स्टार खेलाडी मैदानमा उत्रिँदै छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार