२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकपको पहिलो खेलमै तीन खेलाडिले पाए रातो कार्ड

विश्वकपको पहिलो खेलमै तीन खेलाडिले पाए रातो कार्ड

साझा पोष्ट
शुक्रबार, जेठ २९ २०८३
  • images
    images
    विश्वकपको पहिलो खेलमै तीन खेलाडिले पाए रातो कार्ड

    काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन्। 


    images

    मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० हराएको खेलमा मेक्सिकोका १ र दक्षिण अफ्रिकाका २ खेलाडीले रातो कार्ड पाएका हुन्। 


    खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो। 

    खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाए। त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो। 

    अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए।  विश्वकपको उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन्। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार