२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा कांग्रेसको आपत्ति

सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा कांग्रेसको आपत्ति

साझा पोष्ट
शुक्रबार, जेठ २९ २०८३
  • images
    images
    सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा कांग्रेसको आपत्ति

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छन्। 


    images

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका  गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

    'माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे! उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो,’ उनले भने। ‘एकातिर सुशासनको नारा अर्कोतिर आफनोलाई पुरस्कृत अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।’

    सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार