काठमाडौं । फिफा विश्वकप २०२६ को तीनमध्ये एउटा आयोजक क्यानडाले बोस्नियासँग बराबरी खेल्दै अंक बाँडेको छ।
शुक्रबार राति भएकाे आफ्नो पहिलो खेलमा क्यानडाले बोस्निया एन्ड हर्जोगोभिनासँग १-१ को बराबरी खेलेको हो।
क्यानाडाका वैकल्पिक खेलाडी साइले लारिनले ७८ औँ मिनेटमा निर्णायक गोलगर्दै आफ्नो टोलीलाई हारबाट जोगाएका हुन्।
उनले मैदान छिरेको ३ मिनेटमै गोल गरे। खेलको २१ औँ मिनेटमा बोस्नियाले पहिलो गोल गर्दै अग्रता लिएको थियो। बोस्नियाका बासिचको कर्नरमा सिद कोलासिनाचले दिएको पासलाई लोभो लुकिचले हेडमार्फत गोलमा परिणत गरेपछि बोस्नियाले अग्रता बनाएको थियो।
दास्रो हाफमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गरेका थिए।
बोस्निया अप्रत्याशित रुपमा इटालीलाई प्लेअफ फाइनलमा हराउँदै विश्वकपमा छानिएको हो।


