२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कतारले स्विट्जरल्याण्डलाई बराबरीमा रोकेर ऐतिहासिक एक अंक जोड्यो

कतारले स्विट्जरल्याण्डलाई बराबरीमा रोकेर ऐतिहासिक एक अंक जोड्यो

साझा पोष्ट
आइतबार, जेठ ३१ २०८३
  • images
    images
    कतारले स्विट्जरल्याण्डलाई बराबरीमा रोकेर ऐतिहासिक एक अंक जोड्यो

    काठमाडौं । फिफा विश्वकप २०२६ मा  कतार र स्विट्जरल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्।  गएराति भएको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेर अंक बाँडेका हुन्। 


    images

    इन्जुरी समयको पाँचौं मिनेटमा बोउलेम खोउखीले गोल गरेपछि कतार विश्वकपको इतिहासमै पहिलो अंक बटुल्न सफल भयो । 

    खेलको १७ औँ मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्दै अग्रता लिएको थियो। ब्रिल इम्बोलोले पेनाल्टीमा गोल गरेर स्विट्जरल्यान्डलाई अग्रता दिलाएका छन्। 

    तर ६ मिनेटको इन्जुरी टाइमको पाँचौं मिनेटमा कप्तान खोउखीले गोल गर्दै कतारलाई १–१ को बराबरी गरेपछि स्वीस टोली अंक बाँड्न बाध्य भयो । 

    २०२२ मा आफैँ आयोजक भएपछि कतारले पहिलो पटक विश्वकप खेलेको थियो। तर, त्यो बेला ३ खेलमै कतार एक गोल पनि गर्न नसकी पराजित भएको थियो। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार