२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पार्टी फुट्न दिन्नँ : शेखर कोइराला

पार्टी फुट्न दिन्नँ : शेखर कोइराला

साझा पोष्ट
सोमबार, असार १ २०८३
  • images
    images
    पार्टी फुट्न दिन्नँ : शेखर कोइराला

    काठमाडौं  ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन् ।


    images

    विराटनगरमा आइतबार आयोजित पार्टीको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले एकढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।


    ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, पार्टी फुट्दैन र म फुट्न दिने पनि छैन । ढुक्क भएर संगठन निर्माणमा लाग्नुहोस्,’ उनले भने ।

    कोइरालाले कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र, सार्वभौमिकता र अखण्डता समेत कमजोर हुने बताए । ‘कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न सक्दैन । हामीले सबै शक्तिलाई एकताबद्ध गर्नुपर्छ । सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो,’ उनले भने, ‘ कांग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर हुन्छ ।’ 

    भेलालाई सम्बोधन गर्दै कोइरालाले पछिल्लो समय पार्टीभित्र निरंकुशताको संकेत देखिएको बताए ।

    ‘नेपाली कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो,’ कोइरालाले भने, ‘तर अहिले अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ । यो निरंकुशताको सुरुवात हो, जुन कांग्रेसको आदर्शविपरीत छ ।’

     

    सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीलाई मजबुत बनाउन तल्लो तहदेखि नै एकताको सन्देश लैजानु पर्ने बताए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार