२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकपः ट्यूनिसियामाथि स्विडेनको डोमिनेशन

विश्वकपः ट्यूनिसियामाथि स्विडेनको डोमिनेशन

साझा पोष्ट
सोमबार, असार १ २०८३
  • images
    images
    विश्वकपः ट्यूनिसियामाथि स्विडेनको डोमिनेशन

    काठमाडौं। फिफा विश्वकप २०२६ मा स्विडेन विजयी शुरुवात गरेको हो । भर्खरै सम्पन्न खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ को फराकिलो अन्तरले हराएको हो ।


    images

    स्विडेनले २ गोल पहिलो र ३ गोल दोस्रो हाफमा गर्यो । ट्यूनिसियाले एक मात्रै गोल पहिलो हाफमा गरेको थियो  । 

    सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे ।

    यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।

    अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे ।

    तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गर्यो ।  । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे ।

    दोस्रो हाफमा स्वीडेनले तीन गोल थप्यो । भिक्टोर ग्योकेरेसले ५९औं मिनेटमा गोल गर्दै स्वीडेनलाई ३-१ को अग्रता दिलाए । त्यसपछि स्भानवर्गले ८४औं मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे ।

    सुरुमा असिस्ट्यान्ट रेफ्रीले  अफसाइड देखाए पनि भिएआर रिभ्यु पछि मुख्य रेफ्री याएल फाल्कन पेरेजले गोलको मान्यता दिए । स्वीडेन यतिमै रोकिएन यासिन अयारीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित दिलाए ।

    जितपछि स्वीडेनले ३ अंक जोडेर समूहको शीर्ष स्थानमा पुगेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार