२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

संसदमा नेकपाले सरकारलाई सोध्यो: नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति किन उड्यो ?

संसदमा नेकपाले सरकारलाई सोध्यो: नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति किन उड्यो ?

साझा पोष्ट
सोमबार, असार १ २०८३
  • images
    images
    संसदमा नेकपाले सरकारलाई सोध्यो:  नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति किन उड्यो ?

    काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय संसद्मा उठेको छ ।


    images

    नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाउँदै सरकारसाग जवाफ मागेका छन् । 
    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले उक्त विषयमा सभामुखको ‘रुलिङ’ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताए ।

    उनले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक जवाफ माग गरे । भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उनले उल्लेख गरे । उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरे ।

    उनले पूर्वी नेपालको इलाममा चिया उद्योगले भोग्नुपरेको संकटप्रति पनि सदनको ध्यानाकर्षण गराए । भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसबाट किसान तथा व्यवसायी ठूलो पीडामा रहेको उनले बताए ।


    “भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ,” उनले भने, “यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन ?”

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार