काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले सचिवालय सदस्य उमा भुजेललाई कारवाही गरेको छ । नेकपा माओवादीले भुजेललाई सबै जिम्मेवारीबाट हटाएको हो ।
भुजेलमाथि पलायनवादी गुटबन्दी, पार्टी कार्यदिशा र जनक्रान्तिविरुद्ध भडकाववादी गतिविधि आरोप लगाइएको छ । महासचिव विप्लवलेनै विज्ञप्ति निकाले भूजेललाई कारवाही गरिएको सार्वजनिक गरेका छन् ।


