२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साउदी अरेबियाले पूर्वविश्व च्याम्पियन उरुग्वेलाई बराबरीमा रोक्यो

साउदी अरेबियाले पूर्वविश्व च्याम्पियन उरुग्वेलाई बराबरीमा रोक्यो

साझा पोष्ट
मंगलबार, असार २ २०८३
  • images
    images
    साउदी अरेबियाले पूर्वविश्व च्याम्पियन उरुग्वेलाई बराबरीमा रोक्यो

    काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत  साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। 


    images

    अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएपनि साउदीले जाेगाउन सकेन् ।

    खेलको ४१ औँ मिनेटमा साउदीका लागि अद्दुलेलाह अल अमिरीले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। 

    तर  ८० औँ मिनेटमा उरुग्वेले गोल गर्दै खेललाई  बराबरीमा ल्यायो। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरे।

    त्यसपछि दुवै टोलीले अर्को गोल  गर्न नसक्दा खेल १–१को बराबरीमै रोकिएको हो। यो खेलबाट दुवै टोलीले समान १ अंक जोडेका छन्। 


    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार