काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगेको छ।
सन् २०१० को विश्वविजेता स्पेनलाई बराबरीमा रोक्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेपछि उनका अहिले विश्वभर चर्चा भैरहेको छ । र, त्यो चर्चाले उनको सामाजिक सञ्जालमा फलोअर्स ह्वात्तै बढेको छ ।
उत्कृष्ट प्रदर्शनका कारण उनले फुटबलप्रेमीहरुबाट समर्थन र प्रशंशा पाइरहेका छन् । खेलपछि उनको इन्सटाग्राम फलोअर्स ह्वात्तै बढेको छ । खेलअघि भोजिन्हाको इन्सटाग्राममा ५० हजारभन्दा कम फलोअर्स थिए । यो समाचार तयार पार्दासम्म उनको फलोअर्स ५० लाख पुगिसकेको छ ।
केप भर्डे जस्तो सानो अफ्रिकी राष्ट्रका लागि स्पेनसँग बराबरीको नतिजा आफैंमा ऐतिहासिक उपलब्धि मानिएको छ। उक्त खेलमा भोजिन्हा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । खेलभरि स्पेनले लगातार आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए ।
म म्यान अफ द म्याच भएपछि उनले भने, ‘यो अवार्ड मेरा सबै सहकर्मी खेलाडीहरूका लागि हो । म निरन्तर मेहनत गरिरहनेछु ।’


