काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिबारे छिनोफानो गर्न गोप्य मतदान गर्ने नयाँ प्रस्ताव अघि सारेको छ ।
प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सदनमा निरन्तर विरोध हुँदै आएको छ, तर रास्वपाका सांसदहरुले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन् ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले आजको बैठकमा नयाँ प्रस्ताव अघि सार्दै मतदानको व्यवस्था गर्न माग गरेकी हुन् ।
उनले भनिन्, ‘यो सदनमा नियम नै मिच्ने हो भने एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति, सत्तापक्ष र विपक्षबाट जे हुन्छ, त्यही गरौँला ।’


