२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हालाण्डको दुई गोलमा इराकमाथि नर्वेको शानदार जित

हालाण्डको दुई गोलमा इराकमाथि नर्वेको शानदार जित

साझा पोष्ट
बुधबार, असार ३ २०८३
  • images
    images
    हालाण्डको दुई गोलमा इराकमाथि नर्वेको शानदार जित

    काठमाडौं । स्टार स्ट्राइकर इर्लिङ हालान्डको २ गोल मद्दतमा नर्वेले विश्वकप फूटबलमा विजयी शुरुवात गरेको छ ।  बुधबार बिहान बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकमाथि ४–१ को सहज जित दर्ता गरेको हो । 


    images


    पहिला गोल खेलको २९ औँ मिनेटमा भयो। एन्टोनियो नुसाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले नर्वेलाई १–० को अग्रता दिलाए।

    त्यसको १० मिनेटपछि नै इराकका स्टार स्ट्राइकर आयमेन हुसेनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।  

    तर ४३ औँ मिनेटमै इराकी डिफेन्सको गल्तीको फाइदा उठाउँदै हालान्डले व्यक्तिगत दोस्रो गोल गरेर इराकलाई २–१ ले पछि पारे।

    ७६ औँ मिनेटमा मैदान प्रवेश गरेका लियो ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए। अन्तिम समयमा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल हुँदा नर्वे ४–१ ले विजयी बन्यो।

    यो जितसँगै नर्वेले ३ अंक जोडेको छ।  नर्वेले अब जुन २६ मा सेनेगलसँग अर्को प्रतिस्पर्धा गर्नेछ। नर्वेसँग हारेको इराकले अब बलियो टोली फ्रान्सको सामना गर्नुपर्नेछ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार