काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाका लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन् ।
अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
योसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका छन् । जर्मनीका मिरास्लोभ क्लोजे र मेसीको गोल संख्या १६–१६ पुगेको छ।


