काठमाडौं । फिफा विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सीले सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको बराबरी गरेका छन् ।
विश्वकप २०२६ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेपछि मेस्सीले १६ गोलको कीर्तिमान बराबरी गरेका हुन् । अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
जर्मनीका मिरास्लोभ क्लोस र मेसीको गोल संख्या १६–१६ पुगेको छ। जारी विश्वकपमाअर्को एक गोल गर्ने बित्तिकै मेसी विश्वकप इतिहासकै सबैभन्दा बढी गोलकर्ता बन्नेछन्।
उनको पछिपछि यो विश्वकप खेलिरहेका फ्रान्सका केलियन एम्बाप्पे छन् । उनको १४ गोल छ । उनले गएराति सेनेगलविरुद्ध २ गोल गरेका थिए ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरू:
१. मिरोस्लाभ क्लोस (जर्मनी) - १६ गोल
२. लियोनेल मेस्सी (अर्जेन्टिना) - १६ गोल
३. रोनाल्डो (ब्राजिल) - १५ गोल
४. गर्ड मुलर (पश्चिम जर्मनी) - १४ गोल
५. केलियन एम्बाप्पे (फ्रान्स) - १४ गोल


