२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पहिलो पटक विश्वकप खेलेको जोर्डन पराजित, अष्ट्रिया ३-१ ले विजयी

पहिलो पटक विश्वकप खेलेको जोर्डन पराजित, अष्ट्रिया ३-१ ले विजयी

साझा पोष्ट
बुधबार, असार ३ २०८३
  • images
    images
    पहिलो पटक विश्वकप खेलेको जोर्डन पराजित, अष्ट्रिया ३-१ ले विजयी

    काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो ।


    images

    अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्को अर्नाटोभिकले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको २०औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए ।

    खेलको ७६औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लियो । 

    दोस्रो हाफको इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि पाएको पेनाल्टीलाई मार्कोले सदुपयोग गर्दै गोल गरे । जितसँगै ३ अंक जोडेर अष्ट्रिया समूह ‘जे’को दोस्रो स्थानमा छ । समान ३ अंक रहेको अर्जेन्टिना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । जोर्डन र अल्जेरिया अंकविहीन छन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार