२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

५२ वर्षपछि विश्वकप खेलेको डिआर कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

५२ वर्षपछि विश्वकप खेलेको डिआर कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

साझा पोष्ट
बिहीबार , असार ४ २०८३
  • images
    images
    ५२ वर्षपछि विश्वकप खेलेको डिआर कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा  पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएको छ ।


    images

    अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो ।

    जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर  ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोलेपहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरे । त्यसपछि कुनै गोल हुन सकेन्  र खेल बराबरीमा सकियाे । 

    फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन ।

    पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि  गोल भने गर्न सकेनन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार