२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

खेलको अन्त्यतिर गोल खाँदा दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य भयो चेक रिपब्लिक

खेलको अन्त्यतिर गोल खाँदा दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य भयो चेक रिपब्लिक

साझा पोष्ट
शुक्रबार, असार ५ २०८३
  • images
    images
    खेलको अन्त्यतिर गोल खाँदा दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य भयो चेक रिपब्लिक

    काठमाडौं । विश्वकप फूटबल अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । 


    images

     ८३ मिनेटसम्म लिएको अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक अंक बाँड्न बाध्य भयो । 

    ८३ औं मिनेटमा दक्षिण अफ्रिकाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गर्‍यो। अफ्रिकाका लागि तेबोहो मोकोइनाले अन्तिम घडीमा गोल गरे। 

    यसअघि  माइकल स्याडिलेकको चेक रिपब्लिकले छैटौँ मिनेटमै अग्रता बनाएको थियो। तर त्यसलाई जोगाउन सकेन । 

    योसँगै जित्नैपर्ने खेलमा दुवै टोली असफल भए । समूह एका यी टोली क्रमशः तेस्रो र चौथो स्थानमा छन्। दुवैले समान २ खेलबाट १–१ अंक बटुलेका छन्।

    यो समूहमा पहिलो स्थानमा सहआयोजक मेक्सिको र दोस्रो स्थानमा दक्षिण कोरिया छन्। उनीहरुको पनि समान ३ अंक छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार